२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

छाेरीलाई न्याय माग्दामाग्दै निर्मलाकाे परिवारमा बढ्याे कलह, आफ्नै श्रीमतीलाई पिटे यज्ञराजले  

२६ पुस, कन्चनपुर । छाेरीलाई न्याय माग्दामाग्दै निर्मलाकाे परिवारमा  कलह बढेकाे छ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षिय बालिका निर्मला पन्तकी आमा दुर्गादेवीलाई उनका पति यज्ञराज पन्तले कुटपिट गरेका छन् । भीमदत्त नगरपालिका २ उल्टाखाम घरमा बिहीबार बिहान खाना बनाइरहेको बेलामा एक्कासी यज्ञराजले कुटपिट गरेको दुर्गादेवीले बताएकी छन्।

‘सरकारले घोषणा गरेको राहत रकम लिन तयार भएर डिएनए परीक्षणका लागि रगतको नमूना दिएको’ भन्दै यज्ञराजले बिहीबार कुटपिट गरेको दुर्गादेवीले बताइन् । भान्सामा खाना पकाइरहेकाे समयमा यज्ञराजले घाँटी च्यापेर अाफुलार्इ नसोधी रगत दिएर राहत बुझ्ेकाे भन्दै कुटपिट गरेकाे उनले बताइन् ।

निर्मलाका बाबु यज्ञराज र कान्छी आमा लक्ष्मीले घरपरिवारसँग सल्लाह नै नगरी अरुले उक्साएको भरमा परिक्षणका लागि रगत दिएको र राहत बुझ्न राजि भएको आरोप लगाएका छन् । तर निर्मलाकी आमा दुर्गाले न्याय पर्खिंदा पर्खिंदा दुई छोरीमाथी पनि अन्याय हुने भएकाले राहत बुझेर छोरीहरूको भविष्य बनाउने भन्दै राहत बुझ्ने बताएकी छन्। यज्ञराज र लक्ष्मीले भने ‘राहत बुझे आत्महत्या गर्ने’ चेतावनी दिएका छन्।

यज्ञराजले भने श्रीमती दुर्गादेवीलाई कुटपिट नगरेको दाबी गरेका छन्। सल्लाहबिनै रगत दिएको र राहत बुझ्न तयार भएको भनेर सोधेको बताउँदै उनले शुरुदेखि नै छोरीले न्याय पाएपछि मात्रै राहत बुझ्ने घोषणा गरेकोले यस्ताे गरेकाेमा असहमती जनाएकाे बताए ।

 

प्रकाशित मिति : 21:02