२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

अमरगढीका आगलागी पीडितलाई प्रदेश सांसद मल्लले दिए एक महिनाको तलब

२६ पुस, डडेल्धुरा । अमरगढी सदरमुकाम बागबजारका आगलागी पीडितका लागि प्रदेश सांसद कर्णबहादुर मल्लले एक महिनाको तलब दिएका छन् । कांग्रेसको डडेल्धुरा जिल्ला सभापति समेत रहेका मल्लले एक महिनाको तलबबापत ४१ हजार रुपैयाँ सहयोग गरेका हुन् ।


अग्निपीडितसँग बिहीबार भएकाे छलफलमा सांसद मल्लले अग्निपीडितको पुनस्र्थापनाका लागि सुदूरपश्चिम प्रदेशबाट प्रति व्यवसायी १ लाख राहत र व्यापार स्थापनाका लागि उचित स्थानका लागि प्रदेश सरकारसँग छलफल गर्ने बताएका छन् ।

गत साता भएको आगजनीका कारण सदरमुकामको बागबजारमा ठूला साना गरी १६ वटा पसल र १ घर ध्वस्त हुँदा डेढ करोडको क्षति भएको छ ।

प्रकाशित मिति : 18:52