पिपुल्स पावरले हकप्रद निष्कासन गर्न बोर्डबाट पायो अनुमति
२ जेठ, काठमाडौं । पिपुल्स पावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ५० प्रतिशत हकप्रद निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।
योसँगै अब कम्पनीले १ः०.५ अनुपातमा प्रति सेयर रू. १०० दरका ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
प्रकाशित मिति : 14:16









