४ माघ २०८२, आईतवार | Mon Jan 19 2026

डा.विश्व पौडेलविरूद्ध परेको रिट दरपिठ

२ जेठ, काठमाडौं । सर्वोच्च अदालतले डा. विश्व पौडेलविरुद्धको रिट दरपिठ गरिदिएको छ । गभर्नर बन्न अयोग्य रहेको भन्दै सर्वोच्चमा मंगलबार पेस भएको रिट शुक्रबार सर्वोच्चले दरपीठ गरेको हो।

डा. पौडेललाई नेपाल राष्ट्रबैंकको ऐनविपरीत गभर्नर नियुक्त गर्न लागिएको भन्दै अधिवक्ताद्वय प्रतीभा उप्रेती र विशाल थापाले पेश गरेको रिट  सर्वोच्च प्रशासनले आज दरपिठ गरेको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २ जेष्ठ २०८२, शुक्रबार १२:२७