१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

काठमाडौँबाट चोरी भएको माइक्रोबस धादिङमा भेटियो

२ जेठ, काठमाडौँ । पार्किङमा राखेको अवस्थामा काठमाडौँबाट माइक्रोबस चोरी भएको छ । काठमाडाैँ महानगरपालिका–१६ बनस्थलीस्थित विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टरभित्रको पार्किङबाट चोरी भएको बागमती प्रदेश ०१–००२ ज ६७६६ नम्बरको विद्युतीय माइक्रोबस प्रहरीले धादिङमा भेट्टाएको छ ।

उक्त माइक्रोबस स्याङ्जाको बिरुवा गाउँपालिका–१ घर भई काठमाडौँको बनस्थली बस्ने १९ वर्षीय सुदीप थापाले चोरी गरी धादिङ पुर्याएको अवस्थामा जिल्ला प्रहरी कार्यालय धादिङको समन्वयमा बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

उनीविरुद्ध चोरीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ । थापाले गत वैशाख २९ गते बिहान ४ः ३० बजे पार्किङबाट माइक्रोबस चोरेर लगेको खुलेको छ ।

प्रकाशित मिति : May 16, 2025 at 9:55 am