२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

नेप्सेमा एक कम्पनीको सेयरमूल्य समायोजन

२ जेठ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा छ्‌याङदी हाइड्रोपावरको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरका लागि नेप्सेमा कम्पनीको सेयरमूल्य समायोजन भएको हो ।

समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता २८९.११ रुपैयाँ कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको सेयरमूल्य समायोजन गरेको हो। समायोजन हुनुअघि कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ४७८.२२ रुपैयाँ कायम थियो । सोही मूल्यलाई आधार मानेर आगामी आइतबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ।

प्रकाशित मिति : 09:12