३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

अन्तिम कारोबारको दिन पनि घट्यो नेप्से, ७ अर्ब ८ करोडको कारोबार

१ जेठ, काठमाडाैं । साताको अन्तिम कारोबारकाे दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। बिहीबार नेप्से परिसूचक ८.४१ अंकले घटेर २६११.८५ विन्दुमा झरेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। यस दिन ७ अर्ब ८ करोड ३३ लाख ४८ हजार रुपैयाँबराबरको १ करोड ७४ लाख २३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिन पनि ओम मेगाश्री फर्मास्यूटिकल्सको सेयरमूल्य  सकारात्मक सर्किट लागेकाे छ। त्यस्तै, यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक ८.६५ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा यस दिन सोल्टी होटल शीर्ष स्थानमा रहेको छ।

प्रकाशित मिति : May 15, 2025 at 3:47 pm