फिदा हुसेनकाे हत्या गर्ने चारजना पेस्तोलसहित पक्राउ
२६ पुस, काठमाडौँ । सुनसरीस्थित बाबा इट्टा उद्योका सुपरभाइजर फिदा हुसेनको हत्यामा संलग्न चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा दुहवी नगरपालिका–९ छातावेली स्थायी घर भएका मोहम्मद जागिर हुसेन, महम्मद सकिन हुसेन, जफाल मियाँ र दुहवी–१२ का इसम्बर यादव रहेको जिल्ला प्रहरीले जानकारी दिएकाे छ ।

जफाल मियालाई बिहीबार बिहान जिल्ला प्रहरी कार्यालय सुनसरीको समन्वयमा इलाका प्रहरी कार्यालय बाँके, कोहलपुरका डिएसपी रमेशबहादुर सिंह नेतृत्वको टोलीले नियन्त्रणमा लिएको बताइएको छ ।
फुल महम्मदको छोरा ५४ वर्षीय फिदाको मंसिर ५ गते गोली प्रहार गरेर हत्या गरिएको थियो । पक्राउ परेका चारजना अभियुक्तहरुको बयानका अधारमा फिदा हत्यामा गोली हान्न प्रयोग भएको एकथान कटुवा पेस्तोल, फायर भएको एक राउण्ड खोका र दुई राउण्ड गोली बरामद गरिएको प्रहरीले बताएकाे छ ।

जफाल मिया
अभियुक्तहरुको बयानका आधारमा मन्दिरको हातामा गाडेर छाडेको अवस्थामा एकथान चक्कु पनि फेला परेको प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति : 17:03







