११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

नेप्सेमा थप १ करोड १२ लाख कित्ता बोनस सेयर सूचीकृत

१ जेठ, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा हिमालयन लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा कम्पनीको १४ प्रतिशत बोनस वापतको १ करोड १२ लाख २८ हजार ५३७ कित्ता सेयर सूचीकृत भएको हो । उक्त सेयर अब आइतबारबाट कारोबार गर्न सकिनेछ ।

प्रकाशित मिति : May 15, 2025 at 3:38 pm