बिहीबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
१ जेठ, काठमाडौं । साताको अन्तिम कारोबारको बिहीबार दिन सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से परिसूचक ७.३७ अंकले घटेर २६१२.८९ को विन्दुमा कायम भएको छ ।
आज सबैभन्दा बढी सोल्टी होटलको सेयर कारोबार भएको छ । आज कम्पनीको ४६ करोड १९ लाख १५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, राधी विद्युत कम्पनीको ४४ करोड १७ लाख २ हजार रुपैयाँ, युनिभर्सल पावर कम्पनीको ३३ करोड ४५ लाख ९८ हजार रुपैयाँ, ङादी ग्रुप पावरको ३२ करोड ३६ लाख ४२ हजार रुपैयाँ, सानिमा माई हाइड्रोपावरको २७ करोड ७ लाख ५४ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : 15:22









