क्रेष्ट माइक्रो लाइफले बोलायो साधारणसभा, बुकक्लोज कहिले ?
१ जेठ, काठमाडौं। क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । वैशाख ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जेठ २३ गते दोस्रो वार्षिक साधारण आयोजना गर्ने निर्णय गरेको हो । सभा सुर्खेतको विरेन्द्रनगरमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभामा अध्यक्षद्वारा प्रस्तुत गरिने आव २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको वासलात तथा सोही अवधिसम्मको नाफारनोक्सान हिसाब तथा नगद प्रवाह विवरण र तत्सम्बन्धी अनुसूचीहरु माथि छलफल गरी पारित गर्ने सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको नियुक्तिलगायतका प्रस्ताव पारित हुनेछ ।
साधारण सभा प्रयोजनाका लागि कम्पनीले जेठ ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ जेठ ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुन सक्नेछन् ।
प्रकाशित मिति : 10:16









