४ माघ २०८२, आईतवार | Mon Jan 19 2026

सगरमाथा संवादमा सहभागी हुन चिनियाँ नेता सियाओ जी काठमाडौँमा

१ जेठ, काठमाडौँ । चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी नेपाल भ्रमणमा काठमाडौँ आइपुग्नुभएको छ ।

उहाँ सगरमाथा संवादमा सहभागी चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आउनुभएको हो । उपाध्यक्ष सियाओलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले स्वागत गर्नुभएको थियो ।

सगरमाथा संवाद भोलि जेठ २ देखि ४ गतेसम्म यहाँ हुँदैछ ।

प्रकाशित मिति : १ जेष्ठ २०८२, बिहीबार ०८:३५