१७ असार २०८३, बुधबार | Wed Jul 1 2026

नेप्सेमा गिरावट, कारोबार रकम पनि घट्यो

३१ वैशाख, काठमाडौं । बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक १३.९६ अंकले घटेर २६२०.२७ विन्दुमा झरेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबारको दिन मंगलबार ९ अर्ब ६३ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१५ स्टकको १ लाख १२ हजार पटकको कारोबारमा ८ अर्ब ७३ करोड ६५ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८४ लाख ९६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो। आज गुराँस लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशत घटेको छ। यस दिन राधी विद्युत कम्पनीको सर्वाधिक कारोबार भएको छ।

प्रकाशित मिति : May 14, 2025 at 3:41 pm