११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

३१ वैशाख, काठमाडौं । बुधबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से परिसूचक १३.८४ अंकले घटेर २६२०.३९ को विन्दुमा कायम भएको हो ।

यस दिन सबैभन्दा बढी राधी विद्युत कम्पनीको सेयर कारोबार भएको छ । आज कम्पनीको ५९ करोड ३२ लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, युनिभर्सल पावर कम्पनीको ५१ करोड ४९ लाख १६ हजार रुपैयाँ, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको ५१ करोड ३२ लाख ६८ हजार रुपैयाँ, ङादी ग्रुप पावरको ४८ करोड ५१ लाख ७७ हजार रुपैयाँ र लुम्बिनी विकास बैंकको ३५ करोड ४१ लाख ७२ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : May 14, 2025 at 3:19 pm