रामबहादुर बम्जनको सिन्धुलीस्थित आश्रमबाट एक जना पक्राउ
२६ पुस,काठमाडौँ । रामबहादुर बम्जनको सिन्धुलीस्थित आश्रमबाट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । आश्रमबाट बेपत्ता भएका भनिएका व्यक्तिहरुको खोजीका क्रममा सिन्धुली प्रहरीले सोधपुछका लागि भन्दै एक जनालाई नियन्त्रणमा लिएको हो। सिन्धुलीको कमलामाई नगरपालिका ८ पैरेस्थित आश्रमबाट ईन्द्रबहादुर स्याङतानलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीले आश्रममा रहेका गोपाल योन्जन पनिसँगै आएका छन् । पक्राउ परेका स्याङतानमाथि सोधपुछ भइरहेको प्रहरीले जानकारी दिएकाे छ । प्रहरीले पहिलो चरणमा आश्रमबाट हराएका सञ्चलाल वाईवाको अनुसन्धानमा केन्द्रीत रहेको जनाएको छ।
प्रकाशित मिति : 14:04







