४ माघ २०८२, आईतवार | Mon Jan 19 2026

रविलाई हिरासतमुक्त गर्न माग गरिएको रिटमाथि सुनुवाइ सकियो

३१ वैशाख, काठमाडाैँ । सहकारी ठगीको मास्टरमाइन्ड भनेर चिनिएका गोर्खा मिडिया ग्रुपका तत्कालीन प्रबन्ध निर्देशक एवं निलम्बित सांसद रवि लामिछानेलेलाई हिरसातमुक्त गर्न माग गरिएको रिटमाथि सुनुवाइ सकिएको छ । वैशाख ७ गते लामिछानेकी श्रीमती निकिता पौडेलले सर्वोच्च अदालतमा दायर गरेको रिट माथिको सुनुवाइ सकिएको हो ।

न्यायाधीशद्धय नहकुल सुवेदी र अब्दुल अजिज मुसनमानको इजलासमा बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ भएको हो । सुनुवाइ समयमै सकिएकाले आजै आदेश आउने सम्भावना रहेको छ । सहकारी ठगी मुद्दामा लामिछाने भैरहवा कारागारको थुनामा छन ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्लाको रूपन्देही जिल्ला अदालतको आदेश उल्टाउँदै लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको थियो। सो आदेश खारेजको मागसहित लामिछानेका नाममा सर्बोच्च्मा रिट परेको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार १२:४५