११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

आज बढ्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

३१ वैशाख, काठमाडौं। आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ८५ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबारको दिन मंगलबार छापावाल सुन प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै आज चाँदीको मूल्य भने घटेको छ । यस दिन चाँदी १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : May 14, 2025 at 11:10 am