जेठका लागि वाणिज्य बैंकहरुको ब्याजदरः ३ वटाले बढाए, कुनको कति ?
३१ वैशाख, काठमाडौं । जेठ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । २० वाणिज्य बैंकहरुमध्ये जेठ महिनाका लागि १४ बैंकहरुले ब्याजदर स्थिर राखेका छन् । ३ वटा बैंकहरुले ब्याजदर घटाएका छन् भने ३ वटाले बढाएका छन्। सानिमा बैंक, नेपाल बैंक र एभरेष्ट बैंकले वैशाख महिनाको तुलनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर बढाएका छन्।
त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिद्धार्थ बैंक र कुमारी बैंकले ब्याजदर घटाएका छन् भने बाँकी बैंकहरूले ब्याजदर स्थिर राखेका छन् । समग्रमा व्यक्तिगत मुद्दतीमा दिने औसत ब्याजदर घटेको छ । वैशाख महिनामा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ५.९७९ प्रतिशत रहेकोमा जेठ महिनामा ५.९५२ प्रतिशतमा झरेको छ ।
जेठ महिनाका लागि कुन बैंकको ब्याजदर कति ?
सानिमा बैंक
सानिमा बैंकले जेठ महिनाका लागि व्यक्तिगत र संस्थागततर्फको ब्याजदर बढाएको छ । बैंकले जेठ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.३३ प्रतिशत र संस्थागततर्फ ४.५ प्रतिशत ब्याजदर कायम गरेको छ । वैशाख महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.९५ प्रतिशत र संस्थागततर्फ ४.२ प्रतिशत ब्याजदर कायम गरेको थियो ।
नेपाल बैंक
नेपाल बैंकले जेठ महिनाका लागि व्यक्तिगत निक्षेपको ब्याजदर बढाएको छ भने संस्थागत निक्षेपको स्थिर राखेको छ । बैंकले जेठ महिनाका लागि व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ५.४५ प्रतिशत र संस्थागततर्फ अधिकतम ४ प्रतिशत ब्याजदर कायम भएको छ ।
एभरेष्ट बैंक
एभरेष्ट बैंकले जेठ महिनाका लागि ब्याजदर बढाएको छ । बैंकले व्यक्तिगत निक्षेपतर्फ अधिकतम ६.६४ र संस्थागतर्फ ५.६४ प्रतिशत ब्याजदर दिने भएको छ । बैंकले वैशाख महिनाका लागि व्यक्तिगततर्फ ६.६१ र संस्थागततर्फ अधिकतम ५.६१ प्रतिशत ब्याजदर तोकेको थियो ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले जेठ महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५ प्रतिशत र संस्थागततर्फ ४.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । वैशाख महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.१ प्रतिशत र संस्थागततर्फ ५.१ प्रतिशत ब्याजदर कायम गरेको थियो ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले जेठ महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगततर्फ अधिकतम ५.७५ र संस्थागतर्फ ४.७५ प्रतिशत ब्याजदर निर्धरण गरेको छ । वैशाख महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको थियो ।
कुमारी बैंक
कुमारी बैंकले जेठ महिनाका लागि व्यक्तिगत र संस्थागततर्फको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.९१ र संस्थागततर्फ ४.९१ प्रतिशत ब्याजदर कायम गरेको छ । वैशाख महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.९२ र संस्थागततर्फ ४.९२ प्रतिशत ब्याजदरको तोकेको थियो । ।
एनआईशी एशिया बैंक
एनआईसी एशिया बैंकले जेठ महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ६.६० प्रतिशत र संस्थागततर्फ अधिकतम ५.६० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । वैशाख महिनामा पनि बैंकले सोही ब्याजदर कायम गरेको थियो ।
सिटिजन्स इन्टरनेशनल बैंक
जेठ महिनाका लागि सिटिजन्स इन्टरनेशनल बैंकले ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.६५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर तोकेको छ ।
प्रभु बैंक
प्रभु बैंकले पनि व्यक्तिगत र संस्थागत निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेको छ । बैंकले जेठ महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ६.१ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंक
जेठ महिनाका लागि राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर स्थिर राखेको छ भने संस्थागतको बढाएको छ । बैंकले जेठ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर तोकेको छ । वैशाख महिनाका लागि बैंकले संस्थागततर्फ अधिकतम ३ प्रतिशत ब्याजदर कायम गरेको थियो ।
नेपाल एसबीआई बैंक
जेठ महिनाका लागि नेपाल एसबीआई बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५ प्रतिशत र संस्थागततर्फ ४.५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । वैशाख महिनामा पनि बैंकले सोही ब्याजदर कायम गरेको थियो ।
प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंकले जेठ महिनाका लागि व्यक्तिगत र संस्थागत निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ३.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
ग्लोबल आइएमई बैंक
बैंकले जेठ महिनाका लागि व्यक्तिगत र संस्थागत दुवै मुद्दती निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागतर्फ ४.२५ प्रतिशत ब्याजदर तोकेको छ ।
एनएमबी बैंक
जेठ महिनाका लागि बैंकले ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.६० प्रतिशत र संस्थागततर्फ ५.६० प्रतिशत ब्याजदर तोकेको छ ।
हिमालयन बैंक
हिमालयन बैंकले जेठ महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५०० प्रतिशत र संस्थागतर्फ ४ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ ।
कृषि विकास बैंक
जेठ महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५१ प्रतिशत र संस्थागततर्फ ३.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । वैशाख महिनामा पनि बैंकले सोही ब्याजदर कायम गरेको थियो ।
माछापुच्छ्रे बैंक
बैंकले जेठ महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
स्ट्याण्डर्ड चाटर्ड बैंक
स्ट्याण्डर्ड चाटर्ड बैंकले व्यक्तिगत निक्षेप र संस्थागततर्फको ब्याजदर स्थिर राखेको छ । बैंकले जेठ महिनाका व्यक्तिगततर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ३.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
नबिल बैंक
जेठ महिनाका लागि नबिल बैंकले व्यक्तिगत र संस्थागतको ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.७५ प्रतिशत र संस्थागततर्फ ४.०५ प्रतिशत ब्याजदर कायम गरेको छ ।
लक्ष्मी सनराइज बैंक
लक्ष्मी सनराइज बैंकले जेठ महिनाका लागि व्यक्तिगत र संस्थागत निक्षेपतर्फको ब्याजदर स्थिर राखेको छ । बैंकले जेठ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.७५ प्रतिशत र संस्थागततर्फ ४.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार १०:०८












