५ माघ २०८२, सोमबार | Mon Jan 19 2026

गभर्नर बन्न अयोग्य रहेको दावी गर्दै डा. विश्व पौडेलविरुद्ध सर्वोच्चमा रिट

३० वैशाख,काठमाडौं। डा. विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । नेपाल राष्ट्रबैंकको ऐनविपरीत राजनीतिक दलका सदस्यलाई गभर्नर नियुक्त गर्न लागिएको भन्दै पौडेलविरुद्ध मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको हो ।

अधिवक्ताद्धय प्रतिभा उप्रेती र विशाल थापाले राजनीतिक दलबाट प्रत्यक्ष नियुक्ति गरिनु नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल भएको दाबी गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको हो । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २१(क) को विपरित डा। विश्व पौडेललाई राष्ट्र बैंकको गभर्नरका लागि अघि सारेको भन्दै सुशासन ऐनका विरुद्ध भएकाले नियुक्ति गर्न नमिल्ने दायर निवेदनमा जनाइएको छ । यस्तै दफा ३२ मा नीजि स्वार्थ हुन नहुने व्यवस्था गरको उल्लेख गर्दै शुसासन सञ्चालन व्यवस्थापन तथा सञ्चालन ऐन २०६४ को दफा १६ ले निर्णयमा पारदर्शीता हुनुपर्ने र दफा १७ ले निर्णय गर्दा आधार र कारण खोल्नुपर्ने र दफा १८ ले स्वार्थ बाझिएमा निर्णय गर्न नहुने उल्लेख गरिएको छ ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणकर भट्टको राजीनामा स्वीकृत नभएपछि नेपाली कांग्रेसले पूर्व सांसदका उम्मेदवार पौडेललाई गभर्नरको रुपमा अघि सारेको छ । कांग्रेस र नेकपा एमालेबीच पौडेललाई गभर्नर नियुक्त गर्ने सहमति जुटेको चर्चा समेत भएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलवार १६:२९