३१ श्रावण २०८३, आइतबार | Mon Aug 17 2026

मंगलबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

३० वैशाख, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक १४.८७ अंकले घटेर २६३४.२३ को विन्दुमा कायम भएको छ । यस दिन सबैभन्दा बढी युनिभर्सल पावर कमपनीको सेयर कारोबार भएको छ । आज कम्पनीको ६७ करोड २० लाख ८५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, ङादी ग्रुप पावरको ५२ करोड ९० लाख ५६ हजार रुपैयाँ, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको ५१ करोड २५ लाख ३१ हजार रुपैयाँ, सानिमा माइ हाइड्रोपावरको ४७ करोड १४ लाख ७४ हजार रुपैयाँ, राधी विद्युत कम्पनीको ४६ करोड २८ लाख ८९ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : May 13, 2025 at 3:20 pm