२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?

३० वैशाख, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक १४.२४ अंकले घटेर २६३४.८६ को विन्दुमा कायम भएको छ । आज बजारमा गिरावट आउँदा पनि यस दिन दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यस दिन क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मस्ल्यमा सकारात्मक सर्किट लाएको हो । यी कम्पनीको सेयर मूल्य यस दिन १० प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : 15:15