२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

सोनापुर मिनरल्सको नोक्सानी घट्यो, आम्दानी भने बढ्यो

३० वैशाख, काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनी ७ करोड ५९ लाख रुपैयाँ नोक्सानीमा रहेको छ। गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनी २७ करोड ८० लाख रुपैयाँ नोक्सानीमा थियो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ४९।७९ प्रतिशतले बढेर १ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब १७ करोड आर्जन गरेको थियो । कम्पनीले ४ लाख १६ हजार रुपैयाँ अन्य आम्दानी गरेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ८ करोड ३५ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीको सञ्चालन मुनाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ९ करोड ४८ लाख रुपैयाँ धनात्मक भएको छ।

३ अर्ब ७ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा २ अर्ब ६४ करोड १ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ २९ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १८५ रुपैयाँ ८६ पैसा रहेको छ।

प्रकाशित मिति : 10:16