२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

२३.९४ प्रतिशतले बढ्यो एनआरएन इन्फ्रास्ट्रक्चरको नाफा, प्रतिसेयर आम्दानी कति ?

३० वैशाख, काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ६ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.९४ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २८.७५ प्रतिशतले बढ्दै १० करोड ३८ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा कम्पनीको खर्च बढेर १ करोड ८७ लाख पुगेको छ । चुक्ता पूँजी १ अर्ब २८ करोड ४३ लाख रुपैयाँ रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्गमा १२ करोड ३ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ १० पैसा बढेर ७ रुपैयाँ १८ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ २२ पैसा, मूल्य आम्दानी अनुपात २४५.५३ गुणा रहेको छ।

प्रकाशित मिति : 09:44