२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

गृहमन्त्रीको साथी हुँ भन्दै धम्की दिने एक पक्राउ

२९ वैशाख, काठमाडौं । गृहमन्त्रीको साथी हुँ भन्दै धाक धम्की दिएको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भ्रेपलाञ्चोक बनेपा नगरपालिका-३ घर भएका ५० वर्षीय राज कुमार श्रेष्ठ रहेका छन् । उनले विभिन्न कार्यालयका सरकारी कर्मचारीहरूलाई टेलिफोनमार्फत् धाकधम्की दिएको आरोपमा प्रहरीले गरेको हो ।

श्रेष्ठलाई शनिबार साँझ पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान, कार्यालय टेकुका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी काजी कुमार आचार्यले जानकारी दिनुभयो । आफू गृहमन्त्रीको साथी हुँ भनि विभिन्न कार्यालयका राष्ट्रसेवक कर्मचारीहरूलाई टेलिफोन मार्फत गाली गलौच, डरत्रास तथा धाक धम्की दिई दैनिक काम काजमा समेत बाधा अवरोध गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-८ तीनदोबाटोबाट पक्राउ गरेको हो ।

उनलाई राष्ट्रसेवक कर्मचारीलाई काम काजमा बाधा बिरोध गर्न नहुने कसूरमा थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : May 12, 2025 at 5:48 pm