११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

घट्यो घोराही सिमेन्टको नोक्सानी, प्रतिसेयर आम्दानी ऋणात्मक

२९ वैशाख, काठमाडौं । घोराही सिमेन्टले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। तेस्रो त्रैमाससम्ममा कम्पनी ५५ करोड ४३ लाख रुपैयाँ नोक्सानीमा रहेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी ६४ करोड २५ लाख रुपैयाँ नोक्सानीमा थियो। यसरी एक वर्षको अवधिमा कम्पनीको घाटामा १३.७२ प्रतिशतको कमी आएको छ ।

समीक्षा अवधिमा कम्पनीको खुद आम्दानी ७१ करोड ७९ लाख रुपैयाँ गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १४८.४२ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले २८ करोड ८९ लाख रुपैयाँ खुद आम्दानी गरेको थियो ।

चुक्ता पूँजी ४ अर्ब ५६ करोड ७६ लाख रुपैयाँ रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग १ अर्ब ४८ करोड ८७ लाख रुपैयाँ रहेको छ भने सेयर प्रिमियम २ अर्ब ६५ करोड ८४ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ १४ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १९० रुपैयाँ ८० पैसा रहेको छ।

प्रकाशित मिति : May 12, 2025 at 11:22 am