सुनको मूल्यमा भारि गिरावट, कतिमा हुँदैछ कारोबार ?
२९ वैशाख, काठमाडौं । नेपाली बजार आज सुनको मूल्यमा भारि गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा ३ हजार ७०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ८६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन आइतबार छापावाल सुन प्रतितोला १ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा किनबेच भइरहेको छ ।
प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार १०:५१