११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

३३.१५ प्रतिशतले घट्यो एचआईडिसिएलको नाफा, प्रतिसेयर आम्दानी कति ?

२८ वैशाख, काठमाडाैं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ७२ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.१५ प्रतिशतले कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब ९ रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीले १ अर्ब ९ करोड रुपैयाँ कुल आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ३२.६५ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीको कुल आम्दानी १ अर्ब ६२ करोड रहेको थियो । कम्पनीको कुल खर्च २९.८१ प्रतिशतले घट्दै ४ करोड ९१ लाखमा खुम्चिएको छ ।

चुक्ता पूँजी २४ अर्ब ५५ करोड ९८ लाख रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा ३ अर्ब ६२ करोड ९० लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ४३ पैसा घटेर ३ रुपैयाँ ९६ पैसा प्रतिसेयर नेटवर्थ ११४ रुपेयाँ ७८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७२.८२ गुणा रहेको छ।

प्रकाशित मिति : May 11, 2025 at 10:47 am