३६३.५१ प्रतिशतले बढ्याे मकर जितुमाया सुरीको नाफा, आम्दानी कति ?
२६ वैशाख, काठमाडौं। मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ५ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३६३.५१ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले १ करोड २० लाख खुद नाफा आर्जन गरेको थियो ।
यो अवधिमा कम्पनीले विद्युत बिक्रीमार्फत ३१ करोड ४२ लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ६५.३४ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले विद्युत बिक्रीमार्फत १९ करोड रुपैयाँ कमाएको थियो ।
तेस्रो त्रैमाससम्ममा कम्पनीको कर्मचारी खर्च १ करोड ५७ लाख,प्रशासनिक तथा अन्य सञ्चालन खर्च १ करोड ७० लाख र वित्त खर्च १३ करोड ७७ लाख रुपैयाँ रहेको छ । चुक्तापुँजी ७६ करोड रहेको छ । यो अवधिमा कम्पनीको कुल चालु सम्पत्ति १४ करोड ९५ लाख, रिटेन्ड अर्निङको आकार ४ करोड १८ लाख र कुल चालु दायित्व ४० लाख ३५ हजार रुपेयाँ रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ९.७७ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ १०५.५१ रुपैयाँ रहेको छ।
प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार १३:१९