१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

जागिरको प्रलोभन देखाएर बलात्कार गर्ने इटहरीका रमेश राई पक्राउ

२५ पुस। विराटनगर । सामाजिक सञ्जाल फेसबुकमार्फत चिनजान गरी जबर्जस्ती करणी गरेको आरोपमा एक युवकलाई आज पक्राउ गरिएको छ । प्रदेश नं १ प्रहरी कार्यालयको जानकारीअनुसार इटहरी उपमहानगरपालिका–१० का २३ वर्षीय रमेश राईलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो ।

राईले फेसबुकमार्फत चिनजान भएकी एक महिलालाई जागिर लगाइदिने भन्दै गत यही पुस २० गते धरानमा भेटघाट गरी इटहरीको एक होटलमा बन्धक बनाइ मङ्गलबारसम्म जबर्जस्ती करणी गरेको पीडितको जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : January 9, 2019 at 6:53 pm