१८ असार २०८३, बिहिबार | Thu Jul 2 2026

मध्यराति बालाजुमा एटिएम तोडफोड गर्ने नुवाकोटका ज्ञानेन्द्र पक्राउ

२३ वैशाख, काठमाडौं । मध्यराति काठमाडौंको बालाजुमा एटिएम तोडफोड गर्दै गरेका एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका वडा नं. १३ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. १६ माछापोखरी सडक पेटीमा बस्ने वर्ष २९ को ज्ञानेन्द्र ठकुरी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

ज्ञानेन्द्रले साढे १२ बजे कुमारी बैंकको एटिएम तोडफोड गरिरहेको सूचनापछि प्रहरीको टोलीले बाइपास ओरालोबाट उनलाई पक्राउ गरेको बोहराले बताउनुभयो ।

प्रकाशित मिति : May 6, 2025 at 1:19 pm