फेवातालमा फसेका ८ जनाको उद्धार
२२ वैशाख, काठमाडौं । फेवातालमा फसेका ८ जनाको उद्धार भएको छ । सोमबार दिउँसो हावाहुरीसहित पानी परेपछि डुंगामा सवार यात्रुहरू फेवातालमा फसेका थिए ।
फेवातालमा खसेका रेशम थापा र विजय सुनारलाई सशस्त्र प्रहरी बल नेपाल फेवाताल रेस्क्यु टावरमा तैनाथ गोताखोर सहितको बिपद् उद्धार टोलीले सकुशल उद्धार गरेको छ। अन्य ६ जनाको पनि उद्धार गरिएको सशस्त्र प्रहरी बल कालिका गण मालेपाटनका प्रमुख एसपी सूर्य तिमिल्सिनाले जानकारी दिनुभयो । उनीहरुको अवस्था सामान्य छ ।
प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार १७:४२









