झापामा प्रहरीले चलायो गोली
२२ वैशाख, काठमाडौं । झापामा प्रहरीले गोली चलाएको छ । लागुऔषध कारोबारीलाई पक्राउ गर्न गोली चलाएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
सोमबार बिहान पौन ९ बजेतिर कनकाई नगरपालिका–५ चाप्रामारीस्थित सुरुङ्गा–झापा सडक खण्डमा लागुऔषध कारोबारीलाई समात्न गोली चलाएको डिएसपी खड्काले बताउनुभयो ।
शरणामतीबाट सुरूङ्गातर्फ आउँदै गरेको बिआर ३७ टी ९१९८ नम्बरको मोटरसाइकलमा सवारलाइ रोकेर प्रहरीले जाँच्न लाग्दा उनी आफ्नो झोला समेत छाडेर फरार भएका थिए । ती व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड गोली चलाएको डिएसपी खड्काले बताउनुभयो ।उक्त झोलाबाट करिब २०० ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार १३:०७









