गभर्नर सिफारिस समितिमा महाप्रसाद अधिकारी नियुक्त
१८ वैशाख, काठमाडौं । गभर्नर सिफारिस समितिको रिक्त सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी नियुक्त हुनुभएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई गभर्नर सिफारिस समितिको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा पूर्वगभर्नर विजयनाथ भट्टराई र योजना आयोगका पूर्वउपाध्यक्ष विश्वनाथ पौडेल रहेको समिति बनाएको थियो। तर समितिका सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको पदमा अधिकारीलाई नियुक्त गर्ने निर्णय भएको हो। सिफारिस समितिले पूर्णता पाएसँगै समितिले आगामी गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्नेछ।
प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार ११:०३









