२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025

संसदमा प्रेम आलेले भनेः सोमबारको संसद् बैठकमा अश्लील बोलेको छैन

१६ वैशाख, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेमबहादुर आलेले संसद्मा अश्लील नबोलेको जिकिर गर्नुभएको छ ।प्रतिनिधिसभाको मंगलबारको बैठकमा उहाँले सोबारको प्रतिनिधिसभा बैठकमा आफुले अश्लील नबोलेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अश्लील बोलेको भनेर प्रकाशित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । पार्टीको दबाब झेल्न नसक्दा त्यो मुन्छेलाई डीजी बनाउनुपर्‍यो भनेर बोलेको हुँ । मैले अश्लील बोलेको छैन ।”

यसैगरी उहाँले आफुले बोलेको कुरा राम्रोसँग ध्यान दिएर सुनेर मात्र समाचार सम्प्रेषण गरिदिन आग्रह गर्नुभयो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारविरुद्ध बोल्दा आफूमाथि प्रहार भइरहेको सांसद आलेको आरोप छ ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलवार १३:४८