३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025

पञ्चकन्या माई हाईड्रोको नाफामा गिरावट, प्रतिसेयर आम्दानी कति ?

२६ वैशाख, काठमाडौं । पञ्चकन्या माई हाईड्रो लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।  चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ४३ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ७९.७४ प्रतिशतले कम हो ।  अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २ करोड १३ लाख  खुद नाफा आर्जन गरेको थियो ।

यो अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी पनि १९.०१ प्रतिशतले घटेर २३ करोड ६५ लाख रुपैयाँकमाएको छ । कम्पनीको अन्य आम्दानी ११ लाख ३१ हजार रुपैयाँ रहेको छ । कम्पनीको कुल प्रशासनिक तथा अन्य खर्च १९ करोड ७० लाख रहेको छ । चुक्तापूँजी १ अर्ब १० करोड  रहेको कम्पनीको रिजर्भ १७ करोड ८१ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।  समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ०.५२ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ ८३.८१ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार १२:५६