२८ फाल्गुन २०८२, बिहीबार | Fri Mar 13 2026

सफा टेम्पोमा यात्रा गर्दै निवर्तमान शिक्षामन्त्री विद्या भट्टराई

१४ वैशाख, काठमाडौं । निवर्तमान शिक्षामन्त्री विद्या भट्टराई सफा टेम्पोमा  यात्रा गरिरहनु भएको छ ।  हालै मात्र शिक्षामन्त्रीबाट राजीनामा दिनुभएकी उहाँ सफा टेम्पो चढेर यात्रा गरिरहेको तस्वीरहरू सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

भट्टराईले टेम्पो चढेको तस्बिर एमालेकै अर्का सांसद तारा लामा तामाङले सार्वजनिक गर्नुभएकाे हाे । ‘प्रतिनिधि सभा २०७९, छैटौं अधिबेशनको पहिले दिन (२०८२/१/१२) को बैठक सकिएपछि संसद भवनको ३ नम्बर गेट बानेश्वरमा म डेरा जानको लागि पठाओ मोटरसाइकल पर्खाइमा थिएँ। निवर्तमान मन्त्री माननीय विद्या भट्टराईज्यू संसद बैठकपश्चात् निवासतिर प्रस्थान गर्ने क्रममा ट्याम्पुमा चढ्दै गरेको देखेँ। र, मैले लिएका उहाँका केही फोटोहरू मन परेकोले पोष्ट गरे हैं,’ उहाँले फेसबुकमा लेख्नुभएकाे छ ।

गत ८ वैशाखमा प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउनुभएकी भट्टराईसँग निजी सवारी साधन छैन । भट्टराईले राजीनामा दिएकै दिन क्वार्टर छाड्नुभएको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आईतवार १७:३९