रविको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट संयुक्त इजलासमा पठाउन सर्वोच्चको आदेश
९ वैशाख, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्चको संयुक्त इजलासमा सुनुवाइ हुने भएको छ ।मंगलबारको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले उक्त रिट संयुक्त इजलासमा पठाउन आदेश दिएको हो । अब संयुक्त इजलासमा सुनुवाइको पेशी तोकिने छ ।
रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा गत २२ चैतमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रवि लामिछानेलाई थुनामा राखी पुर्पक्ष गर्नु भन्ने आदेश गरेको थियो । हाल रवि रुपन्देही कारागारमा हुनुहुन्छ ।
प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलवार १४:४१









