गभर्नर विवादसम्बन्धी रिट मंगलबार पनि हेर्न नभ्याइनेमा
९ वैशाख, काठमाडौं । अर्थमन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्य नियुक्तिको संशोधित मापदण्डविरुद्ध दायर रिट आज मंगलबार पनि हेर्न नभ्याइनेमा परेको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र बालकृष्ण ढकालको इजलासमा तेस्रो दिन पनि हेर्न नभ्याइने मा परेको हो ।
आइतबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमामा पनि हेर्न नभ्याइनेमा परेको थियो । त्यस्तै, सोमबार न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासमा पेसी तोकिए पनि हेर्न नभ्याइनेमा परेको थियो ।
प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलवार १४:२८









