१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

नेपाल आइपुगे भारतीय ऊर्जा मन्त्री मनोहरलाल खट्टर

९ वैशाख, काठमाडौं । भारतीय विद्युत् र आभास तथा सहरी मामिला मन्त्री मनोहरलाल खट्टर नेपाल आइपुग्नुभएको छ । उहाँलाई ऊर्जा मन्त्रालय र काठमाडौंस्थित भारतीय दूतावासका अधिकारीहरुले स्वागत गर्नुभएको थियो ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा खट्टर काठमाडौं आइपुग्नुभएको हो।

भारतका विद्युत्‌मन्त्री खट्टरले आज भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको कोशी करिडोर २२० केभी प्रसारण लाइन अन्तर्गत इनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार २०० केभी प्रसारण लाइन तथा २२०/१३३/३३ केभी तुम्लिङटार सबस्टेसन, २२०/३३ केभी बानेश्वर सबस्टेसन र २२०/१३३/३३ केभी बसन्तपुर सबस्टेसन संयुक्त रूपमा संखुवासभा तुम्लिङटार सबस्टेसनमा उद्घाटन गर्ने कार्यक्रम छ । साथै, खट्टरले आज अरुण–३ जलविद्युत आयोजनाको अवलोकनको गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : April 22, 2025 at 10:36 am