रास्वपा सहमहामन्त्रीबाट सुमना श्रेष्ठले दिइन् राजीनामा
४ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्री पदबाट सुमना श्रेष्ठले राजीनामा दिनुभएको छ । पार्टीमा एक व्यक्ति एक पद लागू गर्नुपर्ने भन्दै श्रेष्ठले राजीनामा बुझाउनु भएको हो ।
श्रेष्ठले केही समयअघि नै पार्टीभित्र राजीनामाको घोषणा गरिसकेको भए पनि बिहीबार बस्ने बैठकमा छलफल हुने बताइएको छ । यसअघि केन्द्रीय समिति बैठकमा रास्वपा सभापति रवि लामिछानेले केन्द्रीय समिति नै पुनर्संरचना गर्ने बताउनुभएको थियो । तर श्रेष्ठले भने आफू पदबाट राजीनामा दिन र कानुन निर्माणमा क्रियाशील हुने बताउँदै आउनुभएको थियो।
प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार १२:२८