नेप्सेमा १९ अर्ब ७७ करोड बराबरको बोनस सेयर सूचीकृत
२९ वैशाख, काठमाडौं । नेप्सेमा १९ अर्ब ७७ करोड बराबरको बोनस सेयर सूचीकृत भएको छ । आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा नेप्सेमा रु.१९ अर्ब ७७ करोड बराबरको बोनस सेयर, रु.१५ अर्ब ४१ करोड बराबरको साधारण सेयर, रु.११ अर्ब ६५ करोड बराबरको हकप्रद सेयर, रु.१ अर्ब २५ करोड बराबरको म्युचुअल फण्ड, रु.१० करोड ६९ लाख बराबरको एफपीओ र रु.३ अर्ब ९६ करोड बराबरको अन्य शेयर गरी कुल रु.५२ अर्ब १५ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.११ अर्ब ६० करोड बराबरको म्युचुअल फण्ड, रु.१० अर्ब ३७ करोड बराबरको हकप्रद सेयर, रु.४ अर्ब ८२ करोड बराबरको डिबेन्चर र रु.१ अर्ब ७९ करोड बराबरको साधारण सेयर गरी कुल रु.२८ अर्ब ५८ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।
प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार ०९:४५