११ असार २०८२, बुधबार | Wed Jun 25 2025

सुन्धारामा मोटरसाइकल दुर्घटना हुँदा तनहुँका गुरुङको मृत्यु, दुई जना घाइते

२९ वैशाख,काठमाडौं । काठमाडौँको सुन्धारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। भने दुई जना घाइते भएका छन्। सोमबार बिहान भएको दुर्घटनामा इमाडोल बस्ने तनहुँको आँबुखैरेनी नगरपालिका ५ का ६४ वर्षीय सन्तोष कुमार गुरुङको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

काठमाडौँ महानगरपालिका २२ काठमाडौँ मल अगाडी सडकमा बा ३४ प ४३२० नम्बरको मोटरसाइकल र रा ७ प ८७९५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको थियो। साथै दुर्घटनामा घाइते भएका सोही मोटरसाइकलमा सवार १ जना र रा ७ प ८७९५ नम्बरको मोटरसाइकल चालकको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार १७:३४