ई-सेवाबाट १ करोड रकम चोरी गर्ने राहुल पक्राउ
३ वैशाख, काठमाडौं । ई-सेवाबाट एक करोड रुपैयाँभन्दा बढी रकम चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कन्चनपुरको कृष्णपुर नगरपालिका–१ घर भइ काठमाडौं अनामनगर बस्ने २२ वर्षीय राहुल बुढा छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राहुललाई वैशाख २ गते मंगलबार कालिमाटीबाट पक्राउ गरेको हो ।
अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता अंगुर जिसीका अनुसार राहुलले विभिन्न फिसिङ लिंकहरू पठाएर ४ हजार व्यक्तिको ई-सेवा अकाउन्टबाट १ करोड २ लाख रुपैयाँ चोरी गरेका हुन् ।
उनले एसएमएस मार्फत द अलर्ट, एटी अलर्ट जस्ता फिसिङ लिंक पठाउने र उक्त लिंक खोलेपछि ई-सेवामा पहुँच पुर्याएर रकम चोरी गरेको प्रवक्ता जिसीले बताउनुभयो । उक्त रकम उनले पशुपति ग्लोबल इनोभेशन प्रालिको मर्चेन्ट खाताहरुमा जम्मा गरेको पाइएको जिसीले बताउनुभयो
प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार १७:१२