१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

फोनिजको अध्यक्षमा चौधरी, महासचिवमा बलामी

३१ चैत, काठमाडाैँ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को ८ औं ऐतिहासिक संघीय महाधिवेशनबाट लक्की चौधरी निर्विरोध अध्यक्षमा निर्वाचित हुनुभएको छ। अमरध्वज लामाले उम्मेदवारी फिर्ता लिएर चाैधरीका लागि बाटो खाली गरिदिएपछि उहाँ सर्वसम्म निर्वाचित हुनुभएको हो ।

वरिष्ठ उपाध्यक्षमा सरु राना, उपाध्यक्ष (खुल्ला तर्फ)मा विश्वराज तामाङ, उपाध्यक्ष (सस्थागत तर्फ)मा अर्जुन जंम्नेली राई, उपाध्यक्ष (महिला तर्फ)मा अन्जना सिल्पकार निर्वाचित हुनुभएको  छ।

यस्तै महासचिवमा समिर बलामी, सचिव (खुल्ला तर्फ)मा सन्दिप श्रेष्ठ, एमबी आस्थामगर, मिलन गाहा मगर, सचिव (महिला तर्फ)मा माला पालुङ्वा, सचिव (अल्पसिङ्ख्यक तर्फ)मा मिला दरै, कोषाध्यक्षमा अर्जुन तामाङ, सह-कोषाध्यक्षमा अश्मी स्याङतान तामाङ निर्वाचित हुनुभएको छ ।

 

प्रकाशित मिति : April 13, 2025 at 7:50 pm