३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

प्याराग्लाइडिङ दुर्घटनामा भारतीय नागरिकको मृत्यु

३ फागुन, पोखरा । पोखरा लेखनाथ महानगरपालिका–१८ सराङकोटबाट ब्लुस्काई कम्पनीको प्याराग्लाइडिङबाट स्वीकृति लिई उडेका एकल पाईलट भारत कर्नाटकका ४४ वर्षीय मारियाप्पा शिभराजुको प्याराग्लााइडिङ गर्ने क्रममा मृत्यु भएको छ । सो क्रममा लेकसाईडस्थित रातमाटे डाँडा नजिक फेवा तालमा खस्न जाँदा गम्भीर घाइते भएका उनको मेट्रो सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७४, बिहीबार १४:२९