२२ असार २०८३, सोमबार | Mon Jul 6 2026

हुँदै नभएको जग्गा बेचेर ठगी गर्ने सिन्धुपाल्चोकका रामकुमार पक्राउ

२७ चैत, काठमाडौँ ।  हुँदै नभएको जग्गा बेचेर ठगी गर्ने सिन्धुपाल्चोकका रामकुमार चौलागाई पक्राउ परेका छन । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ भोटेचौर स्थायी घरभइ गोकर्णेश्वर नगरपालिका(७ दक्षिणढोका बस्ने ४३ वर्षीय रामकुमार चौलागाईलाई अरूको प्लटिङ गरेको जग्गा देखाई ठगी गरेको अभियोगमा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ ।

प्रहरीका अनुसार चौलागाईले पीडितलाई अरूको प्लटिङ गरेको जग्गा देखाई विभिन्न प्रलोभनमा पारी नगद ४५ लाख ५० हजार रूपैयाँ लिई वैना कागज गरेको पाइएको छ ।

dainiki.com

एसपी जिसीका अनुसार उक्त जग्गा मालपोत कार्यालयको अभिलेखमा समेत दर्ता नदेखिएकोले जिल्ला अदालत काठमाडौंबाट चैत २१ गते उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई  गोकर्णेश्वर नगरपालिका-७ दक्षिणढोकाबाट पक्राउ गरेको हो ।

उनी विरूद्ध जिल्ला प्रहरी परिसर तथा मातहतका विभिन्न प्रहरी कार्यालयहरूमा ठगी तथा बैंकिङ कसूर सम्बन्धी मुद्दाहरू दर्ता भई फरार रहेको समेत प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको जिसीले बताउनुभयो । चौलागाईलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

1080,1485,0,0.45,-1

प्रकाशित मिति : April 9, 2025 at 6:32 pm