सोमबार पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
११ चैत, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आन सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेको हो ।
महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार छापावाल सुन तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको थियो ।
यस्तै सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार ११:०३