सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?
१ चैत, काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज सुन मूल्य प्रतितोला ४ हजार रुपैयाँले बढेर नयाँ रकर्ड कायम गरेकाे हाे।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
गत बुधबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसअघि गत फागुन १३ गते कायम उचाई एक लाख ७१ हजार ३०० रुपैयाँ पुगेको थियो ।
त्यस्तै, शुक्रबार चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला दुई हजार ५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । गत बुधबार चाँदी प्रतितोला दुई हजार रुपैयाँमा खरिद बिक्री भएको थियो ।
प्रकाशित मिति : ३० फाल्गुन २०८१, शुक्रबार ११:२५