५ चैत्र २०८१, मंगलवार | Tue Mar 18 2025

पिके क्याम्पसमा तालाबन्दी, निर्वाचन अनिश्चित

२९ फागुन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका आँगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा चैत्र ५ गते स्ववियु निर्वाचन हुँदैछ । काठमाडौँ उपत्यकाका अधिकांश ठुला क्याम्पसहरुमा निर्वाचन प्रक्रिया नै सुरु हुन सकेको छैन्।

बागबजारमा रहेको पद्मकन्या क्याम्पसमा अनेरास्ववियु लगायत विद्यार्थी संगठनले तालाबन्दी गरेका छन् । “निर्वाचन मन्डलले मनोमानि ढङ्गले सर्वदलीय वैठक नराखि निर्वाचन अधिकृत उपस्थित नहुदा समेत निर्वाचन कार्यक्रम अघि बढाएको, निर्वाचन समितिको कार्यालयमा तालाबन्दी हुँदा समेत सहमति विना नै मनोनयन पत्र बाँडेको छ । यस्तो गलत हर्कतको विरुद्ध तालाबन्दी गरिएको हो ।

अनेरास्ववियुका नेत्री शोभा सापकोटाले बताउनुभयो । उहाँका अनुसार “विदाको दिन नोमिनेसन राखेर जवर्जस्ति एकलौटी तरिकाले निर्वाचन गर्न खोजिएको हुँदा तालाबन्दी गरिएको हो । ‘माग पूरा नभएसम्म ताला खोल्दैनौ’, आक्रोशित मुदामा सापकोटाले भन्नुभयो ।

यसैबीच पद्मकन्या गएराती होस्टेलको विद्यार्थीहरुलाई अपहरण शैलीमा बेपत्ता पारिएको छ । अहिलेसम्म पनि विद्यार्थीहरुको अवस्था अज्ञात नै छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार १०:३४