५ चैत्र २०८१, मंगलवार | Tue Mar 18 2025

अनेरास्ववियु जनप्रशासनले गरेको ‘मेमोरी पावर’ सेमिनारमा ४५० विद्यार्थी सहभागी

२५ फागुन, काठमाडाैँ । गिनिज बुक वर्ल्ड रेकर्ड राख्न सफल मेमोरी किंङ अर्पण शर्माको १ दिने मेमोरी पावर सेमिनार अनेरास्ववियु जनप्रशासन क्याम्पस कमिटीले आयोजना गरि सम्पन्न गरेको छ। नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा अनेरास्ववियु पूर्व अध्यक्ष माधव ढुङ्गेल प्रमुख अतिथी रहेको कार्यक्रममा जनप्रशासन क्याम्पसमा बिपिए, एमपिए अध्ययनरत करिब ४५० भन्दा बढि विद्यार्थीहरु उपस्थित थिए । कार्यक्रम करिब साडे ३ घण्टा बढि समयसम्म चलेको थियो।

कार्यक्रममा मन्तव्य राख्ने क्रममा स्ववियु सभापति अग्र बहादुर शाहीले स्ववियुले नै गर्नुपर्ने कार्यक्रम भए पनि अनेरास्वियुले गरेकोमा खुशी प्रकट गर्नुभयो । उहाँले भन्नुभयो ‘यस प्रकारका एकेडमीक लगायत विद्यार्थीको सर्वाङ्गीण विकास हुने प्रकृतिका कार्यक्रम स्ववियु मार्फत गर्ने प्रयास गरेका थियौँ, नमुना युवा सांसद कार्यक्रम, (MCQ Test) मक टेस्ट, विज्ञ कक्षा, क्यालेन्डर प्रकाशन, पुराना प्रश्न पत्रहरुको संग्रह प्रकाशन निःशुल्क वितरण, विद्यार्थी सम्मान विदाई, वृक्षारोपण, खेलकुद, तिज लगायत विभिन्न कार्यक्रम गर्यौ,जति पटक जे कार्यक्रम गर्न छलफल गर्यो, स्ववियुकै अन्य संगठनका हामिले नै त्यो ठाउँमा पुगाएका साथिहरुले सबैमा अवरोध गर्न थाले।’

शाही अघि भन्नुहुन्छ, ‘हाम्रो प्रमुख उद्देश्य विद्यार्थीहरूलाई उच्चस्तरीय शिक्षा प्रदानमा सहयोग गर्दै उनीहरूको सर्वांगीण विकासमा टेवा पुर्‍याउनु हो, विद्यार्थीहरूको लक्ष्य प्राप्तिका लागि उचित परामर्श र सहयोग गर्नु हो, देशकै उत्कृष्ट विशेषज्ञ प्रशिक्षकहरूको मार्गदर्शनमा उन्नत शिक्षा प्रदान गर्ने बाताबरण निर्माणमा सहयोग पुर्याउन हो, अनुशासन र मर्यादालाई प्राथमिकतामा राखेर गुणस्तरीय शिक्षा प्रदान गर्ने बाताबरण निर्माण गर्ने हो तर त्यो आकुलव्याकुल पार्ने अवरोध असहजताको कारण सत प्रतिशत कार्य गर्न सकिएन फलस्वरुप यस प्रकारका अति उत्कृष्ट कार्यक्रम अनेरास्ववियु जनप्रशासन क्याम्पस कमिटीले गर्न पर्यो ।’

अनेरास्ववियुले विभिन्न सार्वजनिक संस्थानहरूमा विभिन्न पदहरूको प्रतिस्पर्धाका लागि सहयोगी विविध तयारी कक्षाहरू सञ्चालन गर्ने, नेपालका रक्षा सेवामा विभिन्न पदहरूको योग्यता हासिल गर्न सहयोगी विविध तयारी कक्षाहरू सञ्चालन गर्ने, स्वास्थ्य क्षेत्रमा विद्यार्थीको करियर निर्माण गर्नका लागि सहयोगी र व्यापक तयारी कक्षाहरू सञ्चालन गर्ने जनाएको छ ।

अनेरास्ववियुले भोलिका दिनमा बैंकिंग परीक्षामा सफल हुनका लागि सहयोगी विविध तयारी कक्षाहरू, शिक्षक सेवाको तयारीका लागि पनि कक्षा सञ्चालन गर्ने जनाएको छ । अनेरास्ववियुको जनप्रशासन कमिटीका अध्यक्ष शंखर दुबेले अनेरास्ववियु सबै विद्यार्थीको सफलताको सहयात्री बन्ने बताउनुभयो । मेमोरि किङ भनेर चिनिुभएको अर्पण शर्माले प्रशिक्षण दिनुभएको थियो ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आईतवार ०५:५८